You are viewing the translated version of सञ्चालक समितिको अध्यक्ष र सदस्यलाई पदबाट हटाउन सकिने.
Section 14
सञ्चालक समितिको अध्यक्ष र सदस्यलाई पदबाट हटाउन सकिने
(१) दफा-८ को उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि: देहायका आधारमा सञ्चालक समितिको अध्यक्षलाई नेपाल सरकारले र सदस्यलाई मन्त्रालयले पदबाट हटाउन सक्नेछ:ः-
(क) कार्यक्षमताको अभाव भएमा,
(ख) खराब आचरण भएमा, (ग) इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्य पालन नगरेमा,
(घ) कार्यसम्पादन सम्झौता बमोजिम काम नगरेमा,
(ङ) सार्वजनिक सेवा प्रसारण संस्थाको: हित विपरीत हुने कुनै काम गरेमा, वा
(च) मानसिक वा शारीरिक अस्वस्थताको कारणले कार्यसम्पादन गर्न असमर्थ भएमा।
(२) उपदफा (१) बमोजिम: पदबाट हटाउनुपूर्व त्यस्तो अध्यक्ष तथा सदस्यलाई सफाइ पेस गर्न मनासिब मौका दिनु पर्नेछ।